प्रगतिशील लेखक सङ्घको १२औं राष्ट्रिय सम्मेलनको तयारी
प्रगतिशील लेखक सङ्घको १२औं राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यही चैत २५ र २६ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनपूर्व प्रदेश र जिल्ला अधिवेश सम्पन्न गर्न सङ्घले परिपत्र पनि गरेको छ ।
सङ्घका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सोमबार सम्पन्न सचिवालयको बैठकले उनकै संयोजकत्वमा व्यवस्थापन, उपाध्यक्ष गोपिरमण उपाध्यायको संयोजकत्वमा प्रकाशन, उपाध्यक्ष सुशीला प्रधानाङ्गको संयोजकत्वमा स्रष्टा सम्मान, महासचिव समिर सिंहको संयोजकत्वमा प्रतिवेदन मस्यौदा उपसमिति गठनको निर्णय गरेको हो ।
सङ्घका महासचिव सिंहका अनुसार उपमहासचिव आरसी न्यौपानेको संयोजकत्वमा विधान मस्यौदा, सचिव प्रकाश थापामगरको संयोजकत्वमा प्रचार–प्रसार, पारस ढकालको संयोजकत्वमा स्वयंसेवक, डा. देवी दुलालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन र पुरु लम्सालको संयोजकत्वमा हल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
सङ्घमा वामपन्थी दल निकट लेखक साहित्यकारहरू आवद्ध छन् । विगतमा असन्तुष्ट भई सङ्घबाट अलग भएका प्रगतिशील घटकलाई आउँदो महाधिवेशनमा समावेश गराउन सङ्घले वार्ता प्रक्रिया अघि बढाएको छ ।
