नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर २ हजार ५४४.९४ मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ मूल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर उकालो लागेको छ भने ८ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बीमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ अङ्कले उकालो लागेको छ । यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४।५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ अङ्कले ओरालो लागेको छ ।
नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३६ खर्ब ६ अर्ब २२ करोड ६२ लाख ७० हजार ६ सय २४ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २७ करोड ६९ लाख ३२ हजार ८ सय ६३ बराबरको कारोबार भयो ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड ६२ लाख ७६ हजार ४ सय ८६, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ६ लाख २५ हजार, एनआइसी एशिया बैंक रु १० करोड ५० लाख २७ हजार ५ सय ८२ र पाँचथर पावर कम्पनी रु १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८९, बोटलर्स् नेपाल तराई ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३.१८ प्रतिशतले कमाए ।
त्यस्तै पाँचथर पावर कम्पनी ६.९०, पञ्चकन्या माई हाइड्रोपावर ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१३, बरुण हाइड्रोपावर ३.९१ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।
