१ लाख नाघ्यो सुनको मूल्य – Sahayogi Man Nepal

१ लाख नाघ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आईतवार छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु १ लाख १ हजार ९०० सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० सय मा कारोबार भएको पहेँलो धातु आईतवार एकैदिन प्रतिताला रु २ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आईतवार तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० सय तोकिएको थियो ।

त्यस्तै आईतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु १ हजार ४ सय १५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आईतवार नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए । आईतवार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस एक हजार ९ सय ७० डलर आसपास कारोबार भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै