मुलुकभर सार्वजनिक बिदा – Sahayogi Man Nepal

मुलुकभर सार्वजनिक बिदा

सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले बुधवार १ सूचना जारी गरी जनाएको छ ।

‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’– मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै