सत्तारूढ गठबन्धनको बैठक सुरू – Sahayogi Man Nepal

सत्तारूढ गठबन्धनको बैठक सुरू

   February 18, 2022  

एमसिसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू भएको छ ।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो ।
बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए ।

उक्त बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको १ नेताले बताए । ‘पेस गर्ने नै हो भने पनि पहिला संसद सुचारू हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ ती नेताले भने,‘कुन कानुनअनुसार एमसिसी संसदमा पेस गर्ने हो भन्ने पनि अहिले स्पष्ट छैन भन्ने हाम्रो धारणा छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै