प्रेस चौतारीको ९औं महाधिवेशन फागुन २७ र २८ गते – Sahayogi Man Nepal

प्रेस चौतारीको ९औं महाधिवेशन फागुन २७ र २८ गते

   February 13, 2022  

प्रेस चौतारी नेपालको आईतबार काठमाडौंमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आईतबार बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै