अविरल वर्षाका कारण चन्द्रागिरी डाँडामा हिमपात – Sahayogi Man Nepal

अविरल वर्षाका कारण चन्द्रागिरी डाँडामा हिमपात

राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरि डाँडोमा शुक्रबार बिहानैदेखि हिमपात भएको हो । गए रातिदेखि परेको अविरल वर्षाका कारण उक्त स्थानमा हिमपात भएको छ ।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा शुक्रबार दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौं युवायुवती हिउँ खेल्न पुगेका थिए ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो ।

हिमपातका कारण काठमाडौंबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै