ट्रकले मोटरसाइकललाई ठक्कर दि‌दा‌‌‍‍‍‍‍‍‍ २ को मृत्यु – Sahayogi Man Nepal

ट्रकले मोटरसाइकललाई ठक्कर दि‌दा‌‌‍‍‍‍‍‍‍ २ को मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ट्रक र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै