सिंगापुरे पर्यटकबारे वृत्तचित्र : विदेशी लोभ्याउने नेपालको प्राकृतिक सुन्दरता
सिंगारपुरबाट नेपाल आएका पर्यटकहरुबारे सुन्दर वृत्तचित्र हालै युट्युबमार्फत सार्वजनिक भएको छ । Master Lim Say Fon Khenpo ( Abbot) Enthronement and blessing Program को लागि अप्रिल, २०२३ मा सिंगापुरे टोली नेपाल भ्रमणमा आएको थियो ।
चर्चित वृत्तचित्र निर्माता, निर्देशक एवम् छायाँकार तथा सम्पादक भीमबहादुर तामाङले यस्तो वृत्तचित्र तयार पारेका हुन् । वृत्तचित्र निर्माणमा तामाङका सहकर्मी मिसन राईले सघाएका हुन् ।
भीमबहादुर तामाङले यसअघि पनि नेपालका विभिन्न मनोरम र चर्चित स्थानहरुको भ्रमण–अवलोकलन गरेर यस्ता अनेकौं वृत्तचित्रहरु निर्माण गर्दै आएका छन् । उनले बनाएका यसखाले आकर्षक एवम ज्ञानवर्द्धक वृत्तचित्रहरु भिडियो शेयररिङ प्लेटफर्म युट्युबमार्फत प्रशस्त मात्रामा हेर्न पाइन्छ ।
वृत्तचित्र निर्माण मात्र नभई आफूहरुले नेपालका विभिन्न जात–जाति, वेशभूषा र संस्कार–संस्कृति तथा धर्म र यहाँको भौगोलिक विविधताबारे मनग्गे बुज्ने मौका पाएको सिंगापुरे पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । यस्ता वृत्तचित्रहरुको निर्माण र प्रकाशन गर्दा नेपालमा लुकेर रहेका विभिन्न पर्यटकीय स्थलहरुबारे संसारभर प्रचारप्रसार हुने र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनीहरुको भनाइ छ ।
वृत्तचित्रकार भीमबहादुर तामाङ जस्ता अरु वृत्तचित्रकार तथा भिडियो निर्माताहरुका कामले नेपालका विभन्न स्थानमा पुग्न, त्यहाँका भूगोल र रहनसहन बुझ्न तथा सेवा–सुविधा प्राप्त गर्न निकै सहज भएको छ ।
भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस
