राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई – Sahayogi Man Nepal

राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ५ दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् ।

उनले जारी भएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका ५ सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह,
केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट १ सदस्य निर्वाचित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै