नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुन्नः अध्यक्ष माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यस प्रकरणमा संलग्न साना–ठूला सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै हालतमा झुक्नुहुँदैन,’नेपालले भने ।
उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याइ सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।
