कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी – Sahayogi Man Nepal

कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए ।

बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनमा आगलागीबाट क्षति पुगेको बताए ।

आगलागी हुँदा ६ वटा गाडी ३ मोटरसाइकल, २ स्कुटर, एउटा मारूती भ्यान जलेको पाइएको छ, जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै