एमालेका मन्त्रीले बुझाए राजीनामा – Sahayogi Man Nepal

एमालेका मन्त्रीले बुझाए राजीनामा

   February 27, 2023  

नेकपा (एमाले) बाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामापत्र बुझाएका हुन् ।

एमालेका मन्त्रीपरिषदबाट राजीनामापत्र बुझाउनेहरू

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल
कृषि मन्त्री ज्वालाकुमारी शाह
परराष्ट्रमन्त्री विमला राई पौड्याल
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी
रक्षा मन्त्री हरि उप्रेती
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी
भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई

भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईसोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । यसअघि आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले रोकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै