ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन – Sahayogi Man Nepal

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन

   February 16, 2023  

ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएका थिए । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो ।

यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै