कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी – Sahayogi Man Nepal

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी

   December 27, 2022  

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै