काठमाडौंमा चिसो बढ्यो – Sahayogi Man Nepal

काठमाडौंमा चिसो बढ्यो

   December 12, 2022  

काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमबार यहाँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् ।

मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । सोमबार पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै