खोटाङमा बस दुर्घटना हुँदा ४ घाइते
खोटाङमा बस दुर्घटना हुँदा ४ घाइते भएका छन् । सलेक गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित ४ जना घाईते भएका छन् ।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका छन् । टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए । चालक र सहचालक सहित ५ जना सवार बस सडकमै पल्टिएको हो ।
