काठमाडौं–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी
नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त गरी काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गरे ।
पोखरेल भने १० हजार ९ सय ६१ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार ३ सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिएका थिए । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का कल्पना धमलाले भने ६ हजार ४ सय २ मत प्राप्त गरीन ।
उक्त क्षेत्रमा १ हजार ८ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र ५ जना महिला थिए । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार १ सय ७३ थिए ।
