निर्वाचन प्रचारप्रसार अब ५ दिन बाँकी – Sahayogi Man Nepal

निर्वाचन प्रचारप्रसार अब ५ दिन बाँकी

   November 13, 2022  

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब ५ दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त ९मौन० अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थीर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै