‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’ मा नुवाकोट प्रथम
सामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा आयोजक नुवाकोट टिम प्रथम भएको छ ।
मङ्गलदेखि सुरु भएर बिहीबार सम्पन्न भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिए ।
उनका अनुसार सिन्धुपाल्चोकले ४ स्वर्ण र ४ कास्यसहित ८ पदकका साथ दोस्रो र काठमाडौंले ३ स्वर्ण, १ रजत र ८ कास्यसहित १२ पदकका साथ तेस्रो स्थान हासिल गर्या । प्रतियोगितामा ललितपुरले १० पदक, धादिङले ९ पदक, भक्तपुर र रसुवाले ४–४ पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिए ।
पदक विजेता खेलाडीलाई म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइबासहित खेल क्षेत्रका विभिन्न पदमा रहेका अतिथिले नगद रुपैयाँ, शिल्ड, मेडल, पदकसहित समानपत्र प्रदान गरेका थिए ।
