१५ गते शनिबार नुवाकोट जिल्लाकाे गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा रेस्लिङ प्रतियोगिता – Sahayogi Man Nepal

१५ गते शनिबार नुवाकोट जिल्लाकाे गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा रेस्लिङ प्रतियोगिता

   September 25, 2022  

कोभिड १९ को महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने र मोफसलमा रिङ रेस्लिङ पु¥याउने उद्देश्यले रिङ रेस्लिङ प्रतियोगिताहरु शृलखाबद्ध रुपमा आयोजना भैरहेको यहाँहरुलाई जानकारी नै छ ।

यसै सन्दर्भमा गत बर्ष २०७८ बैशाख १ गतेका दिन नुवाकोटको शिवपुरी गााउंपालिका स्थित सुर्यचौरमा “1St RW Summer Slam” र २०७९ बैशाख १ गतेका दिन नुवाकोटको दुप्चेश्वर महादेव परिसरमा “2nd rw Summer Slam” नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाले सफलता पुर्वक प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

नुवाकोटबासीहरुको रिङ्ग रेस्लिङ्ग प्रतिको अगाढ मायालााई मध्यनजर गदै आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा २०७९ साल असोज १५ गते शनिबार दिउंसो १ बजे नुवाकोटको गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिता गर्न लागेको जानकारी गराउदछौ ।

यस प्रतियोगिताको लागि नुवाकोट जिल्ला संघले १२ लाख बढी बजेटको प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने छ । हेभि वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने छ । रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता संचालन गर्नेछन भने कार्यक्रम संचालन चर्चित कलाकार जीवन तामाङले गर्नुहुने छ । प्रतियोगिताको विषयमा यहाँको प्रतिष्ठित संचारमाध्यमहरुमा समाचार प्रकाशन–प्रशारण गरी पर्यटन र खेल क्षेत्रको प्रवद्र्धन गर्न चाहानेहरुको मनोबल उच्च बनाइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

यहाँहरुको गरिमामय उपस्थितीका लागि यहाँहरुलाई हार्दिक आभार व्यक्त गर्दै रिङ रेस्लिङ प्रेमीहरुलाई प्रत्यक्ष रुपमा रिङ रेस्लिङ खेलको आनन्द लिन २०७९ साल असोज १५ गते शनिबार दिउंसो १ बजे नुवाकोटको गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा आउन यहाँहरु मार्फत सबैमा आग्रह गर्दछौं ।

प्रह्लाद थापा सुवर्ण श्रेष्ठ
अध्यक्ष महासचिब
नुवाकोट जिल्लाा कमिटि नेपाल रिङ रेस्लिङ संघ
नेपाल रिङ रेस्लिङ संघ सम्पर्क स् ००९७७ ९८५१००५०८५

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै