अभियान लघुवित्तको आइपिओमा बुधबारदेखि आवेदन दिन पाइने – Sahayogi Man Nepal

अभियान लघुवित्तको आइपिओमा बुधबारदेखि आवेदन दिन पाइने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु १ सय अङ्कित रु ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ ।

निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै