एकै परिवारका चार जना मृत भेटियो, ४ पेजको ‘सुसाइड नोट’
तारकेश्वर नगरपालिका.२ काभ्रेस्थली, पदमसालको एकै परिवारका ४ जना मृत भेटिएको र घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।
गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए ।
घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।
