आर्थिक अनियमितता गरेको भन्दै डा सुरेन्द्र चौरसियालाई राज्यमन्त्रीको पत्र – Sahayogi Man Nepal

आर्थिक अनियमितता गरेको भन्दै डा सुरेन्द्र चौरसियालाई राज्यमन्त्रीको पत्र

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि मंगलबार पत्र काटेका छन् ।

औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो ।

पत्रमा डा. चौरसियाले रु १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, रु ५० लाखको लेनदेनको सरुवा गरेको, रु ५ करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै