काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता
काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ८ सय ५० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६ सय ८० मत प्राप्त गरेकी छिन् ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४ हजार ५ सय ७८ मत ल्याएका छन् छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गोलले ४२ हजार ४ सय २८ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार ६ सय ७० मत पाएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म १ लाख २४ हजार ५ सय ४४ मतगणना भएको छ ।
