७ सय ६ पालिकाको मतगणना सम्पन्न – Sahayogi Man Nepal

७ सय ६ पालिकाको मतगणना सम्पन्न

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३।९४ प्रतिशत देखिएको छ ।

मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (णमाओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।

बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

देशभरको अवस्था हेर्दा अहिले सम्म १९१ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै ३१२ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १२०, ए. जसपा २८ र समाजवादीले १७, स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले १० स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले १५ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले ४ स्थानमा लोसपा ३ स्थानमा र ए. समाजवादीले २ स्थानमा लिड गरेको अवस्था छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै