सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराएर एमालेको विजयी
भेरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन गर्दा समेत एमाले विजयी भएको छ । कांग्रेस बलियो मानिएको सुर्खेतको भेरीगंगा नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरमा विजयी भएको छन् ।
नेकपा एमालेका यज्ञप्रसाद ढकाल १० हजार २२ मतसहित मेयरमा निर्वाचित भएका छन् भने उपप्रमुखमा एमालेकै धनसरा बोहरा ९ हजार ६ सय १४ मत ल्याएर निर्वाचित भएकी छिन् ।
कांग्रेसबाट मेयर उम्मेदवार रामबहादुर सिंहले ९ हजार ७ सय ९७ मत ल्याएर पराजित भएका छन् । उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका नन्दबहादुर कार्की ८ हजार ९ सय १३ मत ल्याएर पराजित भएका छन् ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १६३ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै २४७ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १०५, ए। जसपा १५ र समाजवादीले १३, स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले ३६ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ७४ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १४ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १६ स्थानमा लोसपा १३ स्थानमा र ए। समाजवादीले ६ स्थानमा लिड गरेको अवस्था छ ।
