माधव नेपालको गौर नगरपालिकामा एकीकृत समाजवादीले जित्यो मेयर र उपमेयर – Sahayogi Man Nepal

माधव नेपालको गौर नगरपालिकामा एकीकृत समाजवादीले जित्यो मेयर र उपमेयर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ ।

स्थानीय चुनावको अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका छन् । साहले ६ हजार ३ सय ८१ मत ल्याउँदा गुप्ताले ३ हजार ७ सय ५५ मत पाएका थिए ।

उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले भने ४ हजार ८ सय ९ मतसहित विजयी भएकी छिन् । कांग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । यसै नगरपालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै