सूचना तथा प्रसारण विभाग बाट पत्रकार परिचय पत्र अनलाइनमार्फत सेवा प्रवाह हुने ।
सूचना तथा प्रसारण विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सम्बन्धी सम्पूण कार्य, अनलाइन सञ्चारमाध्याम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनमार्फत हुने भएकाले मिति २०७८ साउन १० गते आइतबारदेखि सम्पूर्ण सेवाग्राहीहरुले आवस्यक कागजात सूचना तथा प्रसारण विभागको वेभसाइट www.doinepal.gov.np मा आवेदन गर्न सकिनेछ ।

साउन १० गतेदेखि विभागबाट सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा प्रवाह हुने सेवा दिनको १ बजे सम्ममात्रै रहने छ । रितपूर्वक आवस्यक सम्पूण कागजातसहित प्रक्रिया पूरा गरी निवेदन दिएको भोलिपल्ट विभागबाट उपलब्ध गराईने जानकारी गरेको छ । http://sahayogimannepal.com/wp-content/uploads/2021/07/20210720162926.pdf
