‘खुसीको खुराक’ सार्वजनिक – Sahayogi Man Nepal

‘खुसीको खुराक’ सार्वजनिक

गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ । ‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्‍यो, आँधीबेहरीले उडायो, केश कोर्‍याजस्ता विभिन्न ६ वटा गीतहरू समावेश गरिएको छ ।

यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ । गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गरेका हुन् । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन् ।

एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो । गीति लेखनमा ४ दशक पार गरीसकेका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका उनको १ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औं एकल एल्बम हो । उनका सयौं गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा ३ दशक पार गरीसकेका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै