स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय – Sahayogi Man Nepal

स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

निर्वाचन आयोगले (आज) शुक्रबार अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् ।

निर्वाचन कार्यतालिका अनुसार (आज) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८३ सदस्य गरी कूल ३५ हजार २ सय २१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोयन दर्ता गरिएको थियो । बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा १ लाख ५३ हजार १ सय ४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रमुखमा ३ हजार ५ सय १८, उपप्रमुखमा २ हजार १ सय ७४, अध्यक्षमा ३ हजार ३ सय ९२ र उपाध्यक्षमा २ हजार ४ सय ७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै वडाध्यक्षमा ३५ हजार ३ सय ८०, महिला सदस्यमा २६ हजार ५ सय ५६, दलित महिला सदस्यमा २३ हजार ८ सय ५१ र सदस्यमा ५५ हजार ७ सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै