सुनको मूल्यमा गिरावट कति पुग्याे बजारमा ताेलाकाे – Sahayogi Man Nepal

सुनको मूल्यमा गिरावट कति पुग्याे बजारमा ताेलाकाे

सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ३ सय ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३ सय मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८ सय थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु १ हजार ३ सय ४० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस १ हजार ८ सय ९९ डलर आसपास कारोबार भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै