पोर्न फिल्म बनाउने र बेच्ने आरोपमा, मध्यरातमा शिल्पा सेट्टीका श्रीमान पक्राउ – Sahayogi Man Nepal

पोर्न फिल्म बनाउने र बेच्ने आरोपमा, मध्यरातमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

 

पोर्न फिल्म बनाएको र बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेको हो । मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै