कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरी शनिबार बस्ने – Sahayogi Man Nepal

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरी शनिबार बस्ने

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रवार बस्ने भनिएको बैठक स्थगित भई शनिबार बस्ने भएको छ ।

नेताहरुको व्यस्थताका कारण शुक्रवार बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिवारको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै